FAQs Complain Problems

राजपुर गाउँपालिकाको पाचौं गाउँसभाको आज सुभारम्भ

असार १० २०७५/ राजपुर गाउँपालिकाको पाचौं गाउँसभाको आज सुभारम्भ भएको छ |

गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा संचालन भएको गाउँसभामा आ.व. २०७५/०६६को आयव्ययको साथै सम्पन्न भएका नीति कार्यक्रम तथा योजनाको बारेमा प्रस्तुतीकरण भएको थियो साथै आ.ब. २०७६/०७७ को नीति तथा कार्यक्रमको अध्यक्ष के.सी.ले प्रस्तुत गर्नु भएको थियोे ।

गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवले बजेट साथै कार्यविधिको संक्षिप्त रूपमा प्रस्तुत गर्नु भएको थियो । सभाका सदस्यहरुले प्रस्तुत नीति तथा कार्यक्रमको बारेमा टिप्पणी गर्नु भएको थियो |

गाउँसभाले आब २०७६/०७७का लागि २६ करोड ६० लाख ११ हजारको बजेट बिनियोजन गरेको छ | अर्को सभा बैठकले संसोधन सहितको अन्तिम बजेट तथा नीति कार्यक्रमहरु पास गर्ने छ | सभाको संचालन प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले गर्नु भएको थियो ।

आर्थिक वर्ष: