FAQs Complain Problems

बिपद व्यबस्थानका लागि OSM Tracking कार्यक्रम सम्पन्न

२१ जेष्ठ, राजपुर, दाङ

बिपद व्यबस्थानका लागि राजपुर गाउँपालिकामा आज एक दिने OSM Tracking कार्यक्रम सम्पन्न भएको छ l गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता, उपाध्यक्ष धनपति देवी यादवको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा आयुर्वेदिक संयोजक प्रभा भट्टराईले OSM सम्बन्धी जानकारी दिनुभएको थियो भने सुचना प्रबिधि अधिकृत शरद रेग्मीले OSM Tracker Android Mobile Application को प्रयोग बिधि सिकाउनु भएको थियो l वडा अध्यक्ष, वडा सचिब, रेड क्रस का स्वयम्सेवक लगाएतको सहभागिता रहेको सो कार्यक्रमको व्यबस्थापन महेश शर्मा र अरुणा भट्टराईले गर्नुभएको थियो भने कार्यक्रम संचालन कमल रोकायाले गर्नु भएको थियो l

आर्थिक वर्ष: