समाचार
राजपुर गाउँपालिका दाङको संक्षिप्त परिचय !!
दाङ जिल्लाको देउखुरी क्षेत्रको दक्षिण भागमा अवस्थित यस राजपुर गाउँपालिका साविकका गाविस बेला र राजपुर मिलेर बनेको छ | दाङ जिल्लाको सबैभन्दा ठुलो गाउँपालिकाको रुपमा रहेको यस राजपुर गाउँपालिकाको क्षेत्रफल ५७७.३३ वर्ग क्षेत्रफलमा फैलिएर रहेको छ | यस गाउँपालिकाको पूर्वमा गढवा गाउँपालिका र लमही नगरपालिका, पश्चिममा बाँके जिल्ला उत्तरमा लमही नगरपालिका तथा दक्षिणमा भारत छन्। विश्व मानचित्रमा यसको अवस्थिति ८२०६' देखि ८२०३०'सम्म पूर्वी देशान्तर २७०३९' देखि २८००३' उत्तरी आक्षांशसम्म छ । यो गाउँपालिका समुद्र सतहबाट १८७ मिटरदेखि ८५२ मिटरसम्मको उचाइमा अवस्थित रहेको छ ।
२०७८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २८,३४६ रहेको छ जसमध्ये महिलाको जनसंख्या १४,२८८ (५०.४ प्रतिशत) र पुरुषको जनसंख्या १४,०५८ (४९.६ प्रतिशत) रहेको छ ।