FAQs Complain Problems

* व्यक्तिगत घटना दर्ताको लागि सूचक को हुन्छ ?

उत्तरः व्यक्तिगत घटना दर्ताको लागि देहाय बमोजीमका सूचक हुन सक्दछन् ।

व्यक्तिगत घटना
सूचक बन्न सक्ने व्यक्ति

जन्म

- बुवा–आमाबाजे वा परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको

उमेर पुगेको व्यक्ति,

 

- धर्मपुत्र पुत्रीको जन्म दर्ता गर्न कानून बमोजिम पारित लिखत समेत राखी धर्मपुत्र वा

धर्मपुत्री राख्ने बाबु वा आमाले,

 

- बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको

सिफारिशको आधारमा सम्बन्धित गाविसको अध्यक्ष वा उपाध्यक्ष र निजहरुको पद

रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको

हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित नगरपालिकाको

प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा

सचिवको सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था

नभएको नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।

 

 

मृत्यु

- परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्ति,

 

- आमा बाबुको मृत्यु भएको सूचना दिने कर्तव्य भएको व्यक्ति नभएको अवस्थामा

विवाहित छोरी समेत,

 

- विवाहित दिदी बहिनीको मृत्युका सम्बन्धमा वंशज तर्फ कोही पनि नभएको

प्रमाणित भएको खण्डमा माईती तर्फका दाजु भाई समेत,

 

- बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको

सिफारिशको आधारमा सम्बन्धित गाविसको अध्यक्ष वा उपाध्यक्ष र निजहरुको पद

रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको

हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित नगरपालिकाको

प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा सचिवको

सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको

नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।

विवाह

- पति र पत्नी दुवै,

 

- वेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न पति वा पत्नी एक्लै (सर्जमिन मुचुल्का

सहित)पतिले विवाह दर्ता गर्न ईन्कार गरेको अवस्थामा नाता कायम प्रमाणपत्र

वा सम्मानित अदालतको फैसलाको प्रमाणपत्र भएमा पत्नी एक्लैले ।

सम्बन्ध बिच्छेद

- पति वा पत्नी मध्ये कुनै एक (तर अदालतले सम्बन्ध विच्छेदको फैसला गरेको

कागजात जरुरी हुन्छ ।

 

- दौत्य सम्बन्ध भएको मुलुकको अदालतमा सम्बन्ध विच्छेद गर्ने नेपाली नागरिकको

हकमा राजदुतावासबाट प्रमाणित अदालतको फैसलाको आधारमा पति वा पत्नीले,

बसाईसराइ

- परिवार सबै बसाईसराइ गर्ने भए परिवारको मुख्य व्यक्तिले,

 

- व्यक्ति एक्लै बसाइँ सराईँ गर्ने भए व्यक्ति स्वयम्ले ।