समाचार
राजपुर गाउँपालिकाका नाका क्षेत्रमा सम्पन्न योजनाहरुको अबलोकन तथा अनुगमन
राजपुर गाउँपालिकाको नेपाल भारत सिमानामा पर्ने नाका क्षेत्रमा सम्पन्न योजनाहरुको अबलोकन तथा अनुगमन गरिएको छ l राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, उपाअध्यक्ष धनपति देबी यादव, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, २ नं. वडा अध्यक्ष दुर्गा प्रसाद शर्मा, कार्यपालिका सदस्यहरू निम कुमारी झाक्री, मोहनलाल बिक, न्यायिक समिति सदस्य गोमा अधिकारी तथा सुचना प्रबिधि अधिकृत शरद रेग्मीको संयुक्त टोलीले नाका क्षेत्रको अबलोकन तथा अनुगमन गरेको थियो l भौवा नाका, भैसाही नाका, सुन्पथरी नाका लगाएतका नाकाको अबोलोकन गरी त्यहाँ सम्पन्न विकासे योजनाको अनुगमन गर्नुका साथै नाका बासीसंग त्यहाँका समस्याको बारेमा छलफल गरिएको थियो l