FAQs Complain Problems

महिलाका लागि ५ दिने डल्ले साबुन बनाउने तालिम सम्पन्न

राजपुर दाङ्ग 

महिलाको  सिप विकास र आत्मनिर्भरताका लागि गाउँपालिका स्तरीय ५ दिने डल्ले साबुन बनाउने तालिम सम्पन्न भएको छ। गाउँ कार्यपालिका सदस्य दिलमति ओलीको अधक्ष्यता, गा.पा. उपाधक्ष्य धनपति देवी यादवको प्रमुख अतिथ्यता तथा वार्ड  नं. ६ का वार्ड अधक्ष्य श्याम बहादुर रोका र  सूचना प्रबिधि अधिकृत शरद रेग्मीको अतिथिमा सम्पन्न कार्यक्रममा सिकेको कुरालाई बेबहारमा उतारेर आफ्नो जिबिको पार्जन गर्न र आत्मनिर्वर बन्न सम्पूर्ण महिलालाई प्रमुख अतिथिले उध्घोस गर्नु भएको थियो।  १९ जना महिला सहभागी रहेको तालिममा राजपुरका कल्याणपुर नाका , खंग्रा नाका, अद्बरुवा तथा गौरिया नाका बाट समेत महिलाहरुको  उपस्थित थियो। श्री गणेश डल्ला साबुन उद्योग लमही सुनडबरिका  निम प्रसाद श्रेष्ठले प्रशिक्षण दिनु भएको तालिम असर १ देखि सुरु भएको थियो। कार्यपालिका सदस्य निम कुमारी झाक्रीले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा सम्पूर्ण अतिथि लगाएत सभागीलाई साबुन उपहार दिइएको थियो भने सहभागीहरुलाई साबुन बनाउने औजार वितरण गरिएको थियो । 

आर्थिक वर्ष: