FAQs Complain Problems

राजपुर गाउँपालिकाको चौथो गाउँसभाको उद्घाटन

राजपुर दाङ्ग 

राजपुर गाउँपालिकाको चौथो गाउँसभाको आज उद्घाटन  गरिएको छ । अध्यक्ष लोकराज केसि को अध्यक्षता तथा  उपाध्यक्ष धनपती देवि यादवको स्वागत मन्तब्यबाट  सुरु भएको सभामा  सुचना प्रबिधी अधिकृत शरद रेग्मी द्वारा डिजिटल प्रबिधि बाट  सांगीतिक स्वागत गरिएको थियो भने अधक्ष्य केसीले सभाको उद्घाटन गर्नु भएको थियो। सभामा 2 नम्बर वार्ड अध्यक्ष दुर्गा प्रसाद शर्मा, 4 नम्बर वार्ड अध्यक्ष रामेश्वोर यादव, 5 नम्बर वार्ड अध्यक्ष नरेन्द्र भण्डारी,  6 नम्बर वार्ड अध्यक्ष श्याम बहादुर रोका,  7 नम्बर वार्ड अध्यक्ष भिम बहादुर खड्का, कार्यपालिका सदस्यहरु  दिलमती ओलि, भक्त बहादुर बिक, मोहन बिकले  सम्बोधन गर्नु भएको थियो भने बजेट् तथा नीति कार्यक्रमको बारेमा  प्रमुख प्रसासकिय अधिकृत राम प्रसाद शर्माले जानकारी गराउनु भएको थियो। सभा सदस्यका गुनासोलाई अध्यक्ष केसी ,उपाध्यक्ष यादव तथा  प्रमुख प्रशासकिय अधिकृत शर्माद्वारा  सम्बोधन गरिएको थियो। आगामी नीति तथा कार्येक्रम तथा बजेटको बाडफाडको को बारेमा केन्द्रित गाउँसभा केहि दिन सम्म चल्ने छ। 

आर्थिक वर्ष: