FAQs Complain Problems

विद्यालयको श्रेस्ता अन्तिम लेखा परीक्षणको लागि दरखास्त आह्वान सम्बन्धी सूचना

विद्यालयको श्रेस्ता अन्तिम लेखा परीक्षणको लागि दरखास्त आह्वान सम्बन्धी सूचना                         ( प्रथम पटक प्रकाशित मिती २०७५।०८।२५)

यस गाउँपालिका अन्र्तगतका सम्पूर्ण सामुदायिक विद्यालयहरुको आ.व. २०७४÷७५ र पुरानो बक्यौता भए सो समेतको अन्तिम लेखा परीक्षण गर्नको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट मान्यता प्राप्त इच्छुक लेखापरीक्षक÷फर्महरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस गाउँपालिकाको कार्यालयमा आई पुग्ने गरी यस कार्यालयको एन.आइ.सी.एसीया बैंकमा रहेको स्थानीय सर्वसञ्चित कोष मूल खाता नं. ग ४१ हिसाव नम्वर ५१ऋब्०५१०००४५२४०४ मा दरखास्त शुल्क वापत रु. १०००।०० (अक्षरुपी एकहजार) (फिर्ता नहुने गरी) दाखिला गरेको सक्कल भौचर वा यस कार्यालयको राजश्व शाखामा दखिला गरेको सक्कल नगदी रसीद र देहायका आवश्यक कागजातहरु सहित दरखास्त पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।  म्याद नाघी पेश हुन आएका दरखास्त उपर कुनै कारबाही नहुने व्यहोरा समेत सूचित गरिन्छ ।

आवश्यक कागजातहरु

१.     लेखा परीक्षण संस्था दर्ता, सदस्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,

२.    नविकरणको प्रमाणित प्रतिलिपि,

३.    स्थायी लेखा दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि,

४.    आ.व. २०७४÷७५ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,

५.    नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

 

...........................

रामप्रसाद शर्मा)

प्रमुख प्रशासकीय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

आर्थिक वर्ष: