FAQs Complain Problems

* सामाजिक सुरक्षा भत्ता कुन कुन वर्गका व्यक्तिहरुले पाउँछन् ?

उत्तरः नेपाल सरकारले हाल देहायका वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ

क्र.सं.
लक्षित समुह
उपसमुह र भत्ता प्राप्त गर्न योग्य उमेर
मासिक रकम रु.
कैफियत

१.

ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक क्षेत्र तोकिएका: ६० वर्ष पुगेको

२०००।–

 

ज्येष्ठ नागरिक दलितः ६० वर्ष पुगेको

२०००।–

 

ज्येष्ठ नागरिक एकल महिला: ६० वर्ष पुगेको

२०००।–

 

ज्येष्ठ नागरिक ७० वर्ष माथि: ७० वर्ष पुगेको

३०००।–

 

२.

असहाय एकल महिला

विधवा: ६० वर्ष मुनि

२०००।–

विवाह भएमा त्यस्ता व्याक्तिको लगत कट्टा गर्नुपर्ने।

सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका: ६० वर्ष मुनि

न्यायीक पृथकीकरण गरी बसेका: ६० वर्ष मुनि

३.

अपाङ्गता भत्ता

क वर्ग

३०००।–

ख वर्ग सम्बन्धी ऐनमा व्यवस्था नभएको

४.

लोपोन्मुख जाती

लोपोन्मुख जाती

३०००।–

 

५.

बाल पोषण भत्ता

क्षेत्र तोकिएका बालबालिका: ५ वर्ष मुनि

४००।–

 

लोपोन्मुख बालबालिका: ५ वर्ष मुनि

लोपोन्मुख बालबालिका र लोपोन्मुख जाती मध्ये कुनै एक रोज्न सक्ने।

अति विपन्न बालबालिका (साबिक दलित)

 

६.

आफ्नो हेरचाह आफै गर्न नसक्नेलाई स्याहार भत्ता

 

X

भत्ता रकम तोक्न बाँकी। अल्जाइमर्स, पार्किन्सस, स्पाईनल कर्ड इन्जुरी, ब्रेन ह्यमरेज, सुस्त मनस्थिति, पक्षघात, सिकल सेल एनिमिया, मानसिक अवस्था ठिक नभएको, अटिजम जस्ता रोगबाट ग्रसित भै आफ्नो हेरचाह आफै गर्न नसक्ने अवस्थामा रहेका भनी चिकित्सकबाट प्रमाणित हुनुपर्ने।

७.

बिपन्न नागरिक भत्ता

६० वर्ष माथि

X

भत्ता रकम तोक्न बाँकी। नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको भन्दा न्यून आय भई जिवन यापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएको भनि सम्बन्धित स्थानीय तहले प्रमाणित गरी अभिलेखमा सुचिकृत भएको ।

८.

अशक्त र असाहाय भत्ता

 

X

भत्ता रकम तोक्न बाँकी। नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको भन्दा न्यून आय भई जिवन यापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएको भनि सम्बन्धित स्थानीय तहले प्रमाणित गरी अभिलेखमा सुचिकृत भएको। पालन पोषण तथा हेरचाह गर्न परिवारको कुनै सदस्य नभएको व्यक्ति भनि सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको ।