FAQs Complain Problems

राजपुर गाउँपालिकाको विद्यालय खोल्ने तथा कक्षा थप सम्बन्धि सूचना !!!

राजपुर गाउँपालिका स्थित सम्पूर्ण सामुदायिक तथा संसथगत विद्यालयहरुलाई यो सूचित गरिन्छ की आउदो शैक्षिक सत्र २०७६ का लागि विद्यालय खोल्ने वा कक्षा थप गर्ने प्रयोजनका लागि शिक्षा नियमावली २०५९ तथा राजपुर गाउँपालिकाको शिक्षा नियमावली २०७४ को अनुसूचि १ को नियम ३ को उपनियम १ सँग सम्बन्धित फारम भरी यही २०७५ पौष मसान्त सम्म तपशिलका कागजात सहित निवेदन दिन का लागि सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
आवश्यक कागजातहरु ः
१ वि.व्य.स.को निर्णय प्रतिलिपि
२. सम्बन्धित व८ा समितिको सिफारिस
३. नजिकका कूनै २ विद्यालयको सहमति पत्र
४. आर्थिक वर्ष २०७४÷०७५ को लेखापरिक्षण प्रतिवेदन
५. कम्पनि ऐन अनुसार सञ्चालीत संस्थागत विद्यालयले कम्पनी अध्यावधिक नियमावली प्रवन्धपत्र तथा दर्ता प्रमाणको प्रतिलिपि
६. नयाँ संस्थागत विद्यालय सञ्चालन गर्ने भए शैक्षिक गुठी दर्ताको विधानको प्रतिलिपि
७. संस्थागत विद्यालयको कर चुक्ताको प्रमाणपत्र तथा जग्गा वा घर भाढामा भए ५ वर्षे कवुलियत पत्र 
८. विद्यालयको पञ्च वर्षिय योजना साथै सेवा क्षेत्रको शैक्षिक नक्सा
९. विद्यालय सुधार योजना तथा सामाजिक परिक्षणको प्रतिलिपि
उल्लेखित कागजात संलग्न नभएको निवेदन दर्ता गरिनेछैन ।
 

आर्थिक वर्ष: