समाचार
सूचना तथा समाचार
दस्तावेज | |||
---|---|---|---|
स्थानीय गाउँपालिका पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न |
![]() ![]() ![]() ![]() |
राजपुर २५ जेष्ठ २०७५ स्थनीय गाउँपालिका पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरी राजपुर गाउँपालिकामा रास्ट्रिय क्षयरोग कार्यक्रम मनाइएको छ l गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता, उपाध्यक्ष धनपति देवी यादवको प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका पदाधिकारीहरु अध्यक्ष, उपाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू र स्वास्थ्य संयोजकलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो l किड्स नेपालका माधव खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका क्षय तथा कुस्ट रोग अधिकृत डम्मर कुवरले प्रस्तुतीकरण गर्नु भएको थियो भने कार्यक्रम संचालन स्वास्थ्य संयोजक कमल रोकायाले गर्नु भएको थियो l |
|
वडा स्तिरिय ३ दिने भैसी तथा बाख्रा पालन तालिम सम्पन्न |
![]() ![]() ![]() ![]() |
राजपुर, २३ जेष्ठ २०७५ राजपुर गाउँपालिका अन्तर्गत वडा नं. ५ को आयोजना तथा पशु शाखाको प्राबिधिक सहयोगमा राजपुर ५ जंग्रहवामा वडा स्तिरिय ३ दिने भैसी तथा बाख्रा पालन तालिम सम्पन्न सम्पन्न भएको छ l गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता, उपाअध्यक्ष धनपति देवी यादवको प्रमुख अथिति तथा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माको अथितिमा सम्पन्न कार्यक्रममा आधुनिक र व्यवसायिक तरिकाले भैसी तथा बाख्रा पालन गरी आम्दानी गर्ने तथा तालिममा सिकेका कुराहरुलाई लागु गर्नुपर्ने कुरामा सबैको जोड थियो l कार्यक्रम पशु सेवा संयोजक अनन्त राज रेग्मीले संचालन गर्नुभएको थियो l |
|
५० प्रतिशत अनुदानमा कृषकलाई धानको बिउ वितरण कार्यक्रम सुचारु |
२२ जेष्ठ २०७५, राजपुर दाङ राजपुर गाउँपालिका अन्तर्गत कृषि विकाश शाखा जंग्रहवाले जेष्ठ १८ गतेबाट धानको बिउ बितरण सुरु गरेको छ l कृषि क्षत्रमा उत्पादन बढाउने हेतुले कृषकलाई ध्यानमा राखी ५० प्रतिशत अनुदानमा राम धान र सुख्खा ३ धानको बिउ वितरण कार्यक्रम सुरु गरेको कृषि शाखा संयोजक केशव प्रसाद भुसालले जानकारी दिनु भएको छ l राजपुर गाउँपालिका भित्रका सम्पूर्ण कृषकहरुलाई आवश्यक अनुसार कृषि शाखा कार्यलयबाट बिउ माग गर्न समेत आव्हान गर्नुभएको छ l |
||
बिपद व्यबस्थानका लागि OSM Tracking कार्यक्रम सम्पन्न |
![]() ![]() ![]() ![]() |
२१ जेष्ठ, राजपुर, दाङ बिपद व्यबस्थानका लागि राजपुर गाउँपालिकामा आज एक दिने OSM Tracking कार्यक्रम सम्पन्न भएको छ l गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता, उपाध्यक्ष धनपति देवी यादवको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा आयुर्वेदिक संयोजक प्रभा भट्टराईले OSM सम्बन्धी जानकारी दिनुभएको थियो भने सुचना प्रबिधि अधिकृत शरद रेग्मीले OSM Tracker Android Mobile Application को प्रयोग बिधि सिकाउनु भएको थियो l वडा अध्यक्ष, वडा सचिब, रेड क्रस का स्वयम्सेवक लगाएतको सहभागिता रहेको सो कार्यक्रमको व्यबस्थापन महेश शर्मा र अरुणा भट्टराईले गर्नुभएको थियो भने कार्यक्रम संचालन कमल रोकायाले गर्नु भएको थियो l |