FAQs Complain Problems

सूचना तथा समाचार

दस्तावेज

सर्टलिस्ट प्रकाशन सम्बन्धि सूचना !!

PDF icon शर्टलिस्ट_सूचना.pdf

करारमा सेवा लिने सम्बन्धि सुचना !

PDF icon karar_sewa.pdf

अ.हे.व र अ.न.मि करार सेवा पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना।

अनमी /अहेव करार सेवाको लागि लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धि सुचना !!

Anm_cma

राजपुर गाउँपालिका कार्यालयको मिति २०७५।११।२९ गते प्रकाशित सूचना अनुसार अ.न.मि. पदको छनौटका लागि मिति २०७५।१२।१५ गते भएको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको नामावली क्रमाङ्कका आधारमा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सफल उम्मेदवारहरुलाई तोकिएको मितिमा तोकिएको समयमा अन्तर्वार्ताका लागि आफ्नो सक्कल प्रमाणपत्र सहित गाउँपालिकाको कार्यालयमा उपस्थित हुन समेत जानकारी गराइन्छ ।

अन्तवार्ता मित ः २०७५।१२।२२ गते
समय : विहान ११ः०० बजे

पद : अनमी /अहेव

राजपुर गाउँपालिकाको विद्यालय खोल्ने तथा कक्षा थप सम्बन्धि सूचना !!!

राजपुर गाउँपालिका स्थित सम्पूर्ण सामुदायिक तथा संसथगत विद्यालयहरुलाई यो सूचित गरिन्छ की आउदो शैक्षिक सत्र २०७६ का लागि विद्यालय खोल्ने वा कक्षा थप गर्ने प्रयोजनका लागि शिक्षा नियमावली २०५९ तथा राजपुर गाउँपालिकाको शिक्षा नियमावली २०७४ को अनुसूचि १ को नियम ३ को उपनियम १ सँग सम्बन्धित फारम भरी यही २०७५ पौष मसान्त सम्म तपशिलका कागजात सहित निवेदन दिन का लागि सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
आवश्यक कागजातहरु ः
१ वि.व्य.स.को निर्णय प्रतिलिपि
२. सम्बन्धित व८ा समितिको सिफारिस
३. नजिकका कूनै २ विद्यालयको सहमति पत्र
४. आर्थिक वर्ष २०७४÷०७५ को लेखापरिक्षण प्रतिवेदन
५. कम्पनि ऐन अनुसार सञ्चालीत संस्थागत विद्यालयले कम्पनी अध्यावधिक नियमावली प्रवन्धपत्र तथा दर्ता प्रमाणको प्रतिलिपि
६. नयाँ संस्थागत विद्यालय सञ्चालन गर्ने भए शैक्षिक गुठी दर्ताको विधानको प्रतिलिपि
७. संस्थागत विद्यालयको कर चुक्ताको प्रमाणपत्र तथा जग्गा वा घर भाढामा भए ५ वर्षे कवुलियत पत्र 
८. विद्यालयको पञ्च वर्षिय योजना साथै सेवा क्षेत्रको शैक्षिक नक्सा
९. विद्यालय सुधार योजना तथा सामाजिक परिक्षणको प्रतिलिपि
उल्लेखित कागजात संलग्न नभएको निवेदन दर्ता गरिनेछैन ।
 

विद्यालयको श्रेस्ता अन्तिम लेखा परीक्षणको लागि दरखास्त आह्वान सम्बन्धी सूचना

विद्यालयको श्रेस्ता अन्तिम लेखा परीक्षणको लागि दरखास्त आह्वान सम्बन्धी सूचना                         ( प्रथम पटक प्रकाशित मिती २०७५।०८।२५)

यस गाउँपालिका अन्र्तगतका सम्पूर्ण सामुदायिक विद्यालयहरुको आ.व. २०७४÷७५ र पुरानो बक्यौता भए सो समेतको अन्तिम लेखा परीक्षण गर्नको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट मान्यता प्राप्त इच्छुक लेखापरीक्षक÷फर्महरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस गाउँपालिकाको कार्यालयमा आई पुग्ने गरी यस कार्यालयको एन.आइ.सी.एसीया बैंकमा रहेको स्थानीय सर्वसञ्चित कोष मूल खाता नं. ग ४१ हिसाव नम्वर ५१ऋब्०५१०००४५२४०४ मा दरखास्त शुल्क वापत रु. १०००।०० (अक्षरुपी एकहजार) (फिर्ता नहुने गरी) दाखिला गरेको सक्कल भौचर वा यस कार्यालयको राजश्व शाखामा दखिला गरेको सक्कल नगदी रसीद र देहायका आवश्यक कागजातहरु सहित दरखास्त पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।  म्याद नाघी पेश हुन आएका दरखास्त उपर कुनै कारबाही नहुने व्यहोरा समेत सूचित गरिन्छ ।

आवश्यक कागजातहरु

१.     लेखा परीक्षण संस्था दर्ता, सदस्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,

२.    नविकरणको प्रमाणित प्रतिलिपि,

३.    स्थायी लेखा दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि,

४.    आ.व. २०७४÷७५ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,

५.    नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

 

...........................

रामप्रसाद शर्मा)

प्रमुख प्रशासकीय अधिकृत

PDF icon Rajpur_suchana (1).pdf

करार पदपूर्ति सम्बन्धि सूचना !

सामुदायिक स्वास्थ्य कार्यकर्ताहरु करार नियुक्ति सम्बन्धि सूचना !!!

राजपुर गाउँपालिकाको चौथो गाउँसभाको उद्घाटन

, ,

राजपुर दाङ्ग 

राजपुर गाउँपालिकाको चौथो गाउँसभाको आज उद्घाटन  गरिएको छ । अध्यक्ष लोकराज केसि को अध्यक्षता तथा  उपाध्यक्ष धनपती देवि यादवको स्वागत मन्तब्यबाट  सुरु भएको सभामा  सुचना प्रबिधी अधिकृत शरद रेग्मी द्वारा डिजिटल प्रबिधि बाट  सांगीतिक स्वागत गरिएको थियो भने अधक्ष्य केसीले सभाको उद्घाटन गर्नु भएको थियो। सभामा 2 नम्बर वार्ड अध्यक्ष दुर्गा प्रसाद शर्मा, 4 नम्बर वार्ड अध्यक्ष रामेश्वोर यादव, 5 नम्बर वार्ड अध्यक्ष नरेन्द्र भण्डारी,  6 नम्बर वार्ड अध्यक्ष श्याम बहादुर रोका,  7 नम्बर वार्ड अध्यक्ष भिम बहादुर खड्का, कार्यपालिका सदस्यहरु  दिलमती ओलि, भक्त बहादुर बिक, मोहन बिकले  सम्बोधन गर्नु भएको थियो भने बजेट् तथा नीति कार्यक्रमको बारेमा  प्रमुख प्रसासकिय अधिकृत राम प्रसाद शर्माले जानकारी गराउनु भएको थियो। सभा सदस्यका गुनासोलाई अध्यक्ष केसी ,उपाध्यक्ष यादव तथा  प्रमुख प्रशासकिय अधिकृत शर्माद्वारा  सम्बोधन गरिएको थियो। आगामी नीति तथा कार्येक्रम तथा बजेटको बाडफाडको को बारेमा केन्द्रित गाउँसभा केहि दिन सम्म चल्ने छ। 

महिलाका लागि ५ दिने डल्ले साबुन बनाउने तालिम सम्पन्न

, , , , , ,

राजपुर दाङ्ग 

महिलाको  सिप विकास र आत्मनिर्भरताका लागि गाउँपालिका स्तरीय ५ दिने डल्ले साबुन बनाउने तालिम सम्पन्न भएको छ। गाउँ कार्यपालिका सदस्य दिलमति ओलीको अधक्ष्यता, गा.पा. उपाधक्ष्य धनपति देवी यादवको प्रमुख अतिथ्यता तथा वार्ड  नं. ६ का वार्ड अधक्ष्य श्याम बहादुर रोका र  सूचना प्रबिधि अधिकृत शरद रेग्मीको अतिथिमा सम्पन्न कार्यक्रममा सिकेको कुरालाई बेबहारमा उतारेर आफ्नो जिबिको पार्जन गर्न र आत्मनिर्वर बन्न सम्पूर्ण महिलालाई प्रमुख अतिथिले उध्घोस गर्नु भएको थियो।  १९ जना महिला सहभागी रहेको तालिममा राजपुरका कल्याणपुर नाका , खंग्रा नाका, अद्बरुवा तथा गौरिया नाका बाट समेत महिलाहरुको  उपस्थित थियो। श्री गणेश डल्ला साबुन उद्योग लमही सुनडबरिका  निम प्रसाद श्रेष्ठले प्रशिक्षण दिनु भएको तालिम असर १ देखि सुरु भएको थियो। कार्यपालिका सदस्य निम कुमारी झाक्रीले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा सम्पूर्ण अतिथि लगाएत सभागीलाई साबुन उपहार दिइएको थियो भने सहभागीहरुलाई साबुन बनाउने औजार वितरण गरिएको थियो । 

स्थानीय स्वास्थ्य संस्था संचालन तथा बेबस्थापन सम्बन्धी ३ दिने तालिम उद्घाटन

, ,

राजपुर ३ बेला 

स्थानीय स्वास्थ्य संस्था संचालन  तथा बेबस्थापन सम्बन्धी ३ दिने तालिमको आज बेला स्वास्थ्य चौकीमा  उद्घाटन गरिएको छ। वार्ड नं. ३ का  वार्ड  अधक्ष्य राम छोरे यादवको अधक्ष्यता , रेड क्रस सोसाइटीका पूर्व  इकाइ सभापतिको प्रमुख  आतिथ्य तथा जी.ज.स.का तथ्याङ्क अधिकृत मदन प्रसाद पोख्रेल र गाउँपालिका स्वास्थ्य संयोजक कमल बहादुर रोकायाको अतिथिमा सुरु भएको कार्येक्रमको संचालन रेड क्रस सोसाइटीका देवी प्याकुरेलले गर्नुभएको थियो। 

Pages

//