FAQs Complain Problems

मयुर ताल, राजपुर-६ खंग्रा नाका

Read More

सुनछहारी झरना, राजपुर-७ सुनपत्री

Read More

ऐतिहासिक शिव मन्दिर, राजपुर-३, खरदरिया

Read More

राजपुर गाउँपालिका दाङको संक्षिप्त परिचय !!

दाङ जिल्लाको देउखुरी क्षेत्रको दक्षिण भागमा अवस्थित यस राजपुर गाउँपालिका साविकका गाविस बेला र राजपुर मिलेर बनेको छ | दाङ जिल्लाको सबैभन्दा ठुलो गाउँपालिकाको रुपमा रहेको यस राजपुर गाउँपालिकाको क्षेत्रफल ५७७.३३ वर्ग क्षेत्रफलमा फैलिएर रहेको छ  | यस गाउँपालिकाको पूर्वमा गढवा गाउँपालिका र लमही नगरपालिका, पश्चिममा बाँके जिल्ला उत्तरमा लमही नगरपालिका तथा दक्षिणमा भारत छन्। विश्व मानचित्रमा यसको अवस्थिति ८२०६' देखि ८२०३०'सम्म पूर्वी देशान्तर २७०३९' देखि २८००३' उत्तरी आक्षांशसम्म छ । यो गाउँपालिका समुद्र सतहबाट १८७ मिटरदेखि ८५२ मिटरसम्मको उचाइमा अवस्थित रहेको छ ।

दस्तावेज: 

जन प्रतिनिधि

पदाधिकारी

विष्णु प्रसाद पाण्डेय

प्रमुख प्रशासकीय अधिकृत

भरतमणि पोख्रेल

लेखा अधिकृत

शरद रेग्मी

सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- डा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र भए निशुल्क अन्यथा रु ५० मात्र ।
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२.मृतकको र सूचना दिन आउनेको नागरिकता

३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र

४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घन्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निसुल्क , ३५ दिन पछि रु ५०
आवश्यक कागजातहरुः-

१. बुवा वा आमाको नागरिकताको प्रतिलिपि ।

२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन ।

३. घरमा  जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण ।

४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज ।

५. विदेशी भएमा बाबु आमाको राहदानी प्रमाण-पत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण ।

६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण ।

७. बाबु वेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय र गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र २) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी ३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ४) बहाल सम्झौताको प्रतिलिपी ५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेकेा

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा र गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र २) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी ३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस ४) २ प्रतिफोटो ५०घर बहाल सम्झौता ६) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेकेा ७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

जानकारी